Bisal Chautari Logo

उपत्यकामा थप २४४ जनामा कोरोना संक्रमण

- ९ पुष २०७७, बिहीबार १०:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष ९ बिहिवार ।
बिहीबार काठमाडौं उपत्यकामा थप २४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १०० महिला र १४४ पुरुषसहित २४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा थप ६१३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ। ५ हजार ५ सय १० स्वाबको पीसीआर परीक्षण गराउँदा  ६१३ जनामा  संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै बिहीबार थप ७३९ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख  ४७ हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४. प्रतिशत हो।

देशभर ७ हजार ३८४ सक्रिय संक्रमितको संख्या रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ८ पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार मात्र कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ।

यस्तै अहिले ४०० जना क्वारेन्टिन र  ७ हजार ३४८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया