Bisal Chautari Logo

सवारी दुर्घटना : ३ जनाको मृत्यु

- ८ पुष २०७७, बुधबार ०६:२८ मा प्रकाशित


रासस । विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।

सिराहाको सिरहा नगरपालिका-२ डोमाखातास्थित सडकमा ना.१ज ३९३ नम्बरको म्याजिकले बीआर ३२ जेड ३३७० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१६ माडर बस्ने ४० वर्षीय राजु यादवको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । म्याजिक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका(३ धोविघाटस्थित सडकमा प्रदेश ३-०२-२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट मंगलवार राति पैदलयात्री काभ्रे घर भई हाल सोही महानगरपालिका-३ धोबीघाट बस्ने २७ वर्षीय गोपिकृष्ण खनालको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते उनको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै बर्दिया राजापुर नगरपालिका-४ शान्तिपुरगाँउमा भे.९ प ३५९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ जोगीपुर बस्ने २६ वर्षीय दिपेन थारुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया