Bisal Chautari Logo

प्रतितोला ९०० रूपैयाँले घट्यो सुनको मूल्य

- ८ पुष २०७७, बुधबार ०६:१० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष ८ बुधवार ।
 सुनचाँदीको भाउ लगातार दोस्रो दिन घटेको छ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रूपैयाँले घटेको हो।जसअनुसार आज छापावाल सुनको भाउ तोलामा ९४ हजार रूपैयाँ तोकिएको छ।

हिजो मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो।यसैगरी आज तेजाबी सुनको मूल्य ९३ हजार ५०० रूपैयाँ तोकिएको छ।

सुनको मूल्य घटेपछि चाँदीको मूल्य पनि घटेको छ।जसअनुसार, आज चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया