Bisal Chautari Logo

पछिल्लो २४ घण्टामा थपिए ७ सय २२ कोरोना संक्रमित

- ७ पुष २०७७, मंगलवार १०:४१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष ७ मंगलवार ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा जम्मा ७ हजार पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ६६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ९८ पुगेको छ ।

प्रतिक्रिया