Bisal Chautari Logo

घरको बलेनीमा चिप्लिएर युवकको मृत्यु

- ७ पुष २०७७, मंगलवार ०४:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
पाल्पा, २०७७ पौष ७ मंगलवार ।
 पाल्पामा घरको बलेनीमा लडेर एक जनाको मृत्यु भएको छ।

बगनासकाली गाउँपालिका-२ पोखराथोकका २९ वर्षीय संजय पहारीको बलेनीमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिएका छन्‌।

​घर भित्रबाट बाहिर निस्कने क्रममा ढोका नजिकैको पेटीबाट उनी बलेनीमा लडेका थिए। मंगलबार विहान करिब ६ बजे उनी मृत अवस्थामा फेला परेका हुन्।

आफ्नै शरीरले टाउको च्यापिएको अवस्थामा ती युवकको शव फेला परेको घटनास्थल पुगेका पचभैयाले बताए। मृतककी ठूली आमाले विहान पूजा गर्नको लागि फूल टिप्न जाने क्रममा ती युवक लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

मृतक ती युवक घरमा आमा र ठूलीआमासँग बस्दै आएका थिए। मृतक युवकले अत्यधिक मदिरा सेवन गरेका कारण लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया