Bisal Chautari Logo

नेकपा विभाजनको प्रक्रियामा, दुवै पक्षको सांसदहरुको भेला हुदै

- ६ पुष २०७७, सोमबार ०४:५० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष ६ सोमवार ।
 अविश्वास प्रस्ताव, संसद विघटनपछी अब नेकपा विभाजनको प्रक्रियामा अघि बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका आफ्ना पक्षका सांसदहरूको बैठक बोलाएका छन् ।बिहान ९ बजे काठमाडौंमा उपलब्ध सबै सांसदहरूलाई बालुवाटार बोलाइएको छ ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि आजै दिउँसो १ बजे आफूनिकट सांसदहरूलाई संसद् भवनको ल्होत्से हलमा बानेश्वरमा बोलाएका छन् ।

त्यस्तै प्रचण्ड–नेपाल समूहले आजै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाएका छन् ।  प्रचण्ड–नेपाल समूहले मंगलबारका लागि केन्द्रीय कमिटीको बैठक समेत बोलाएका छन् ।यस अघि आइतबारको स्थायी कमिटी बैठकमा ४५ सदस्य मध्ये तीन आमन्त्रितसहित ३१ जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया