Bisal Chautari Logo

बिग बास खेल्न सन्दीप अष्ट्रेलियातिर

- ३० मंसिर २०७७, मंगलवार ०६:१४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ३० मंगलवार ।
लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी आज मंगलबार बिहान ११ बजे कतार एयरवेजबाट अस्ट्रेलिया उडेका हुन् ।

सन्दीपले यो सिजन होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दैछन् । सन्दीप पुस १ गते अस्ट्रेलियाको एडिलेट पुगेर १४ दिनको क्वारेन्टिनपछि प्रतियोगितामा सहभागी हुनेछन् । बिग बासको नयाँ सिजन गत बिहीबारबाट नै सुरु भइसकेको हो । सन्दीपले सुरुका छ वटा खेल गुमाउनेछन् ।

होबर्टका अन्तिम ८ खेलमा भने उनी सहभागी हुने सम्भावना छ । सन्दीपले पछिल्ला दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए । उनले तेस्रो पटक लिगमा खेल्न लागेका हुन् ।

प्रतिक्रिया