Bisal Chautari Logo

भोलीबाट ‘तोरी लाहुरे’ अल नेपाल लाग्ने, प्राय सबै कलाकारको आसा मुक्त सिनेमा

- २२ फाल्गुन २०७०, बिहीबार १५:१८ मा प्रकाशित


tori-lahure
विशाल चौतारी समाचार
काठमाडौं, २२ फागुन ।
यस वर्षको नेपाली चलचित्र क्षेत्रमा निकै आसा गरिएको चलचित्र ‘तोरी लाहुरे’ आज फागुन २३ गतेबाट अल नेपाल रिलिजमा आएको छ । 
चलचित्र ‘तोरी लाहुरे’ यस वर्ष आसा गरिएको चलचित्र मात्र नभएर कलाकारका लागिपनि आसाको चलचित्र बनेको छ । चलचित्रका कलाकारहरुले दिएको अन्र्तवार्ताको अनुसार यस चलचित्रबाट उनीहरुपनि धेरै आसाबादी रहेका छन् । चलचित्रका कलाकारहरु मध्ये करिव १३ वर्ष अगाडीदेखी नेपाली चलचित्र क्षेत्रमै संर्घस गरिरहेका अभिनेता रोहित रुम्बा यस सिनेमाबाट नेपाली चलचित्र क्षेत्रमा जम्ने विस्वस्त रहेका छन् । 
यहि चलचित्रको १५ मिनेटको फुटेज हेरेर दुई चलचित्रमा रोहितले एड्भान्स रकम सहित साइन गरिसकेका छन् । त्यस्तै यसै चलचित्रका अर्का अभिनेता गजित विष्टपनि चलचित्र ‘मायाज बार’पछी यसै चलचित्रबाट आसा राखेका छन् । उता अर्का अभिनेता सुवास थापापनि यसै चलचित्रको प्रर्दशनको पर्खाइमा रहेका छन् । दुई अभिनेत्रीको पनि पछिल्लो चलचित्रहरुमा यहि चलचित्रको नामबाट धेरै चर्चामा रहेका छन् ।
रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ ‘वाले’ र रोशिफ तामाङले निर्माण गरेको चलचित्र ‘तोरी लाहुरे’ विदेश जानलाई काठमाडौमा आएर गरिएको संर्घस र मेनपावरले पैसा खाएर फसेका युवाहरुको कथालाई उतारीएको छ । फाइट डाइरेक्टर एनबी महर्जनद्धरा निर्देशित चलचित्रमा रोहित रुम्बा, अशिष्मा नकर्मी, सुवास थापा, गजित बिष्ट, समुना केसी, दिनेश डिसी, दिल कुमार तामाङ ‘वाले’ लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
चलचित्रको कथा कृष्ण आचार्य लेखेका हुन्, भने छायाँकन निरज कँडेलले गरेका हुन् । चलचित्रमा सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, शंकर महर्जनको दन्द्धनिर्देशन रहेको छ । उता चलचित्रमा गम्भिर बिष्टको नृत्यनिर्देशन देख्न सकिन्छ ।

add

प्रतिक्रिया