Bisal Chautari Logo

मेस्सीको गोलमा बार्सिलोना विजयी

- २९ मंसिर २०७७, सोमबार ०५:०५ मा प्रकाशित


एजेन्सि । बार्सिलोनाले ला लिगामा बार्सिलोनाले जित हात पारेको छ । आईतवार राति नाउ क्याम्पमा भएको खेलमा लियोनल मेस्सीको गोलमा बार्सिलोनाले लेभान्तेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन खेलको ७६ औं मिनेटमा मेस्सीले विजयी गोल गरे । बार्सिलोनाले लिगमा पाँचौ जित दर्ता गरेको छ ।

लेभान्ते तालिकाको १८ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया