Bisal Chautari Logo

कैलालीमा कोरोना संक्रमित महिलाको मृत्यु

- २८ मंसिर २०७७, आईतवार ०५:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
कैलाली, २०७७मंसिर २८ आइतवार ।
कोरोना संक्रमणबाट कैलालीमा थप एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका १ की ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।मंसिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

कडा प्रकारको निमोनिया लिएर अस्पताल आएकी महिलाको आइतबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया