Bisal Chautari Logo

गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै

- २७ मंसिर २०७७, शनिबार ०५:२६ मा प्रकाशित


विशाल चौतारी समाचार
चितवन, २०७७मंसिर २७ शनिवार ।
गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । चितवनमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालामा रहेको अभ्यास मैदानमा प्रतियोगिता आजोजना हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आज बागमति र नारायणीबीच प्रतिस्पर्धा हुनेछ । क्लोज क्याम्पमा रहेका राष्ट्रिय टिमका खेलाडी सहित अरु खेलाडी सम्मिलित तीन टिमले गौतम बुद्ध कपमा प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक टिममा १४ जना खेलाडीहरु रहेका छन् ।

बागमति टिमको कप्तानको रुपमा ज्ञानेन्द्र मल्ल र नारायणी टिमको कप्तानको रुपमा पारस खड्का रहेका छन् । राप्ती टिमको कप्तानी भने विनोद भण्डारीले गर्ने छन् । प्रतियोगिता बागमति प्रदेश क्रिकेट संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रायोजनमा हुन लागेको हो ।

प्रतिक्रिया