Bisal Chautari Logo

प्रधानमन्त्री कप क्रिकेटका लागि झापामा खेलाडी छनोट

- २६ मंसिर २०७७, शुक्रबार ०५:४७ मा प्रकाशित


विशाल चौतारी समाचार
झापा, २०७७मंसिर २६ शुक्रवार ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि झापामा खेलाडीछनोट गरिएको छ। नेपाल क्रिकेट संघले आगामी पुस ११ देखि काठमाडौंमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला प्रतियोगिता गर्न लागेको हो।

झापा जिल्ला क्रिकेट संघले प्रदेश स्तरीय खेलमा सहभागिता जनाउन पुरुष तथा महिला टिम छनोट गरेको हो। भद्रपुरस्थित मेची रंगशालामा खेलाडी छनोटपछि संघले टिम घोषणा गरेको छ।

संघले अङ्कित सुवेदीको नेतृत्वमा पुरुषतर्फ टिम छनोट गरेको छ। उक्त टोलीमा मनोज तामाङ (उप कप्तान), राज थापा, समीर कार्की, विराट डाँगी, सुजन थपलिया, प्रनिश बिमली, सुमिरन राई, प्रवेश कामती, कमल खत्री, अभ्यास तिम्सिना, नित्य खडोरिया ज्ञानु श्रेष्ठ र सचिन श्रेष्ठ रहेको चयनकर्ता हिमाल पोर्तेलले जानकारी दिए।

त्यस्तै, राष्ट्रिय खेलाडी रुबिना क्षेत्रीको नेतृत्वमा महिला टिम छनोट गरिएको छ। टोलीमा काजल श्रेष्ठ (उप कप्तान),  रोमा थापा,  अप्सरी बेगम, सङ्गीता राई,  सबनम राई, लकिता राजवंशी, ज्योति दनवार, निग्मा तामाङ,  स्मृति कटुवाल, अलिसा खँडिया, निशा शाह, मिलिना श्रेष्ठ र अनिता थपलिया रहेको संघकी जिल्ला उपाध्यक्ष तथा महिला कोच वीरु श्रेष्ठले जानकारी दिइन्।

जिल्ला स्तरीय टिमका लागि कोच हितेन श्रेष्ठ र टिम मेनेजरमा तुलसी कार्कीलाई चयन गरिएको झापा क्रिकेट संघका अध्यक्ष प्रवीण थापाले जानकारी दिए। प्रदेश स्तरीय खेलमा छनोट भएका खेलाडीहरू प्रदेश १ को टिमबाट प्रधानमन्त्री कप प्रतियोगितामा सहभागिता हुने पाउने व्यवस्था रहेको प्रदेशका मुख्य चयनकर्ता लाक्पा लामाले जानकारी दिए।

नेपाल क्रिकेट संघको आयोजनामा आगामी पुस ११ देखि प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला प्रतियोगिता हुँदैछ।

प्रतिक्रिया