Bisal Chautari Logo

पाल्पामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

- २६ मंसिर २०७७, शुक्रबार ०५:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
पाल्पा , २०७७ मंसिर २६ शुक्रवार ।
पाल्पामा कोरोना भाइरस संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा होम आइसोलेसनमा बसेका ८७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।

मंसिर २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका पुरुष घरमै आइसोलेसनमा बस्दै आएका थिए । पुरुषमा निमोनियाको समस्या रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । योसँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया