Bisal Chautari Logo

मोरङमा थप तीन संक्रमितको मृत्यु

- २५ मंसिर २०७७, बिहीबार ०५:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
मोरङ, २०७७ मंसिर २५ बिहिवार ।
मोरङमा थप तीन कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ ।

दुई जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । उनीहरु झापा, मोरङ र सुनसरीका हुन् ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वृद्धलाई २३ गते मंगलबार ल्याइएकोमा उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको व्यवस्थापक नारायण दाहालले बताए ।

यस्तै झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएकोमा राति ९:५० बजे मृत्यु भएको  उपचारमा संलग्न वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।

यस्तै मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको पनि होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ ।

दमको समस्या बढेपछि उनलाई उपचारका लागि विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते ल्याइएको थियो ।

पीसीआर परीक्षण गराउँदा २२ गते रिपोर्ट पोजिटिभ देखिएपछि घरमै आइसोलेसनमा परिवारका सदस्यले लगेकोमा बुधबार राति ९ बजेतिर ज्यान गएको उर्लाबारी नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया