Bisal Chautari Logo

कैलालीमा ट्रक पल्टिदा चालकसहित चार घाइते, एकको अवस्था गम्भीर

- २३ मंसिर २०७७, मंगलवार ०५:२२ मा प्रकाशित


विशाल चौतारी समाचार
धनगढी, २०७७ मंसिर २३ मंगलवार । 
कैलालीमा आज ट्रक पल्टिदा चालकसहित चार जना घाइते भएका छन् ।

डडेल्धुराको जोगबुढाबाट अत्तरियातर्फ आउँदै गरेको से ७ ख १२९ नम्बरको ट्रक जिल्लाको चुरे गाउँपालिका–६, डुम्रेनीमा पल्टिदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ट्रक पल्टिदा डडेल्धुराको परशुराम नगरपालिका–४ का ट्रक चालक २९ वर्षीय दानबहादुर कामी, सोही ठाउँका १८ वर्षीय दशरथ सिलाल, ३८ वर्षीय नरेन्द्र बोहरा र २० वर्षीय करन कामी घाइते भएका छन् ।

सिलालको अवस्था भने गम्भीर रहेको जनाइएको छ । घाइतेहरुलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया