Bisal Chautari Logo

सर्लाहीमा आगलागीबाट १२ लाखको क्षति

- २३ मंसिर २०७७, मंगलवार ०५:०० मा प्रकाशित


रासस ।सर्लाहीको विष्णु गाउँपालिकामा गएराति विद्युतकाे तार सर्ट भई आगलगी हुँदा १२ लाख  रूपैयाँ बराबरको क्षति भएको छ।

विष्णु-२, पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गएराति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ।

आगलगीबाट घरमा भएको लत्ताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर १२ लाख रूपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए।

प्रतिक्रिया