Bisal Chautari Logo

अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ

- २० मंसिर २०७७, शनिबार ०५:१० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर २० शनिवार ।
 अर्काको श्रीमती भगाएर तेस्रो बिहे गर्ने सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई प्रहरीले पक्राउ गरेको छ।

सोही वडाका स्थानीयवासीले वडाध्यक्षले तेस्रो बिहे गरेको भन्दै प्रहरीमा बहुविवाहको जाहेरी दिएका थिए। स्थानीयकै उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए।

प्रहरीले वडाध्यक्ष कुमाईलाई शुक्रवार साँझ जयतपानी बजारबाट नियन्त्रणमा लिएको हो। डीएसपी थापाका अनुसार वडाध्यक्षसँगै उनले बिहे गरेकी ग्वामी विष्टलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

कुमाईका यसअघि नै दुई श्रीमती छन्। उनीहरुबाट चार जना छोराछोरी पनि छन्। उनीविरुद्ध संयुक्त रुपमा पाँच जना स्थानीयले जाहेरी दर्ता गराएका थिए।

वडाध्यक्षले नै तेस्रो बिहे गर्दा पनि कानूनी कारबाही नगरेको भन्दै यसअघि स्थानीयले चर्को विरोध गर्दै आएका थिए। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रतिक्रिया