Bisal Chautari Logo

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

- १९ मंसिर २०७७, शुक्रबार ०८:५६ मा प्रकाशित


विशाल चौतारी समाचार
कप्तानगञ्ज, २०७७ मंसिर १९ शुक्रवार ।
मोटरसाइकलको ठक्करबाट देउखुरीमा शुक्रबार एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । मोटरसाइकल चालक लमही नगरपालिका–८ धनपुरुवा निवासी २२ वर्षीया लीला चौधरी पनि घाइते भएको र अहिले बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए ।

प्रतिक्रिया