Bisal Chautari Logo

दुर्घटनामा कार चालकको मृत्यु

- १८ मंसिर २०७७, बिहीबार ०६:४९ मा प्रकाशित


विशाल चौतारी समाचार
मलंगवा, २०७७ मंसिर १८ बिहिवार ।
सवारी दुर्घटनामा सर्लाहीमा एकजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका १२ बाँके जंगलमा बुधबार राती बस र कार ठोक्किँदा कार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

मृत्यु हुनेमा महोत्तरी जिल्लाको मनरा नगरपालिका १ का नागेन्द्रकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा आउँदै गरेको ना ४ ख २७९६ नम्वरको बस र विपरीत दिशातर्फ गइरहेको प्रदेश २–०२–००१–च ०३१९ नम्बरको कार ठक्किदा कार चालक सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुवँरले जानकारी दिएका छन् । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया