Bisal Chautari Logo

दुई घण्टाको प्रयासपछि नियन्त्रणमा आयो सिमकोटस्थित विमानस्थलको आगलागी

- १८ मंसिर २०७७, बिहीबार ०५:५२ मा प्रकाशित


विशाल चौतारी समाचार
सुर्खेत, २०७७ मंसिर १८ बिहिवार ।
हुम्लाको सिमकोटस्थित विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार बिहानै ५ बजेदेखि सुरु भएको आगलागी सेना, सशस्त्र प्रहरी र प्रहरीसहित स्थानीयको दुई घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।

आगलागिको कारण भने यकिन नभएपनि विमानस्थल प्रमुख बस्ने घरपछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ। आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिक लागि परेका थिए ।

आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइयालको हातमा चोट लागेको र उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया