Bisal Chautari Logo

भीम अस्पतालमा गुल्मीका कोरोना संक्रमितको मृत्यु

- १६ मंसिर २०७७, मंगलवार ०४:३८ मा प्रकाशित


विशाल चौतारी समाचार
बुटवल , २०७७ मंसिर १६ मंगलवार ।
भैरहवास्थित भीम अस्पतालमा थप एकजना कोरोना संक्रमीतको मृत्यु भएको छ ।

भैरहवास्थित भीम अस्पताल

मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–३ का ९८ वर्षीय पुरुष हुन् । उनको राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले बताए ।

मंसिर ११ गते कोरोना पोजिटिभ देखिएका उनलाई मंसिर १२ मा भीम अस्पतालमा भर्ना गरिएको थियो । उनको श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया