Bisal Chautari Logo

नेपालमा मृत्यु हुने कोरोना संक्रमित १५ सय नाघे, आज २९ संक्रमितको मृत्यु

- १५ मंसिर २०७७, सोमबार ११:०१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाण्डाै , २०७७ मंसिर १५ सोमवार ।
नेपालमा कोरोना संक्रमित मृतकको संख्या १५ सय नाघेको छ। गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार २५ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार ४ सय ७४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

गत २४ घण्टामा ९ हजार ९ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ३७ हजार ७ सय ४७ पुगेको छ। हाल ५ सय ३५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया