Bisal Chautari Logo

अब टिकटकमा केपी शर्मा ओली, पहिलो भिडियोमा १ लाख भन्दा बढी भ्युज

- १५ मंसिर २०७७, सोमबार ०९:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाण्डाै , २०७७ मंसिर १५ सोमवार ।
प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केपी शर्मा ओलीले लोकप्रिय सामाजिक संजाल टिकटकको खाता संचालनमा ल्याएका छन् । यसअघि फेसबुक र ट्वीटर चलाउँदै आएका प्रधानमन्त्री ओलीले टिकटक खाता पनि संचालनमा ल्याएका हुन् ।

प्रधानमन्त्री ओलीको टिकटक ह्याण्डल @kpsharmaoli_official रहेको छ । यसै अकाउन्टमा ओलीले पहिलो भिडियो समेत राखिसकेका छन् । जसको भ्यूज १ लाख भन्दा बढी रहेको छ । आफ्ना धारणाहरु टिकटकमार्फत पनि आफ्ना धारणाहरु सार्वजनिक गर्नको लागि खाता संचालनमा ल्याइएको बताइएको छ । प्रधानमन्त्री भन्दा पनि उनको व्यक्तिगत नामबाट नै टिकटक खाता खोलिएको हो ।

प्रधानमन्त्रीको टिकटक खाता भेरिफाइ पनि भइसकेको छ । टिकटकले प्रधानमन्त्रीको आधिकारिक अकाउन्ट भएको जानकारी पाएपछि भेरिफाइड गरेको हो ।

प्रतिक्रिया