Bisal Chautari Logo

५८ अर्बमा मुलुकभर आधारभूत अस्पताल निर्माण गरिँदै, ३०२ भवनको शिलान्यास

- १५ मंसिर २०७७, सोमबार ०९:१२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाण्डाै , २०७७ मंसिर १५ सोमवार ।
सरकारले मुलुकभर एकैपटक ३९६ आधारभूत अस्पतालहरु निर्माण कार्य शुरु गरेको छ । सात प्रदेशका ७५३ स्थानीय तहलाई समेटेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  ५, १० र १५ शैय्याका ३९६ आधारभूत अस्पताल निर्माण शुरु गरेको हो ।

प्रदेश १ मा ८६, प्रदेश २ मा ५३, प्रदेश ३ मा ५१, प्रदेश ४ मा ५३, प्रदेश ५ मा ५७, प्रदेश ६ मा ४२, र प्रदेश ७ मा ५४ रहनेछन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार स्थानीय तहको माग र

आवश्यकताका आधारमा अस्पताल निर्माण शुरु गरिएको हो ।

सोमबार सम्ममा ३०२ वटा भवनको शिलान्यास भइसकेको छ । यही आर्थिक वषभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल भवन निर्माणको कुल बजेट ५८ अर्ब छ ।

प्रतिक्रिया