Bisal Chautari Logo

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै

- १५ मंसिर २०७७, सोमबार ०७:१० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाण्डाै , २०७७ मंसिर १५ सोमवार ।
पुसको पहिलो साता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारत भ्रमण गर्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई आफ्नो दूतका रुपमा सो भ्रमणमा पठाउन लागेका हुन् ।

ज्ञवालीले भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणको मूख्य उद्देश्य नेपाल–भारतबीचको विद्यमान विवादलाई संवादमार्फत् सहमतिमा ल्याउने हुनेछ ।

भारतका विदेश मामिला मन्त्री एस जयशंकरले केही समयअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलामार्फत् मन्त्री ज्ञवालीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएका थिए ।

प्रतिक्रिया