Bisal Chautari Logo

कोरोना संक्रमित इलामकी महिलाको विराटनगरमा मृत्यु

- १५ मंसिर २०७७, सोमबार ०५:०९ मा प्रकाशित


विशाल चौतारी समाचार
विराटनगर , २०७७ मंसिर १५ सोमवार । 
इलामकी कोरोना भाइरस संक्रमित एक महिलाको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ ।

 

इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको सोमबार बिहान ८ बजेतिर मृत्यु भएको हो । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि मंसिर ९ गते अस्पताल भर्ना गरिएको थियो ।

गम्भीर अवस्थामा भर्ना गरिएकी महिलाको उपचारकै क्रममा मृत्यु भएको आचार्यले बताए। महिलामा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया