Bisal Chautari Logo

भोलिबाट काठमाडौं उपत्यकामा कोरोनाको मास परीक्षणको तयारी

- १४ मंसिर २०७७, आईतवार ०७:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १४ आइतवार ।
सरकारले काठमाडौं उपत्यकाका हट स्पटहरुलाई लक्षित गरी कोरोनाको मास परीक्षण सुरु गर्ने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्थानीय पालिकाको समन्वयमा सोमबारबाट परीक्षण सुरु हुने भएको हो ।
काठमाडौँका मुख्य हटस्पट मानिएका क्षेत्रमा परीक्षण गरिनेछ ।

जसमा अहिले कोरोना संक्रमण धेरै देखिएका स्थानहरु कलंकी, बुढानिलकण्ठ,सोह्रखुटेलगायतका स्थान छन् ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाशुदेव पाण्डेका अनुसार पछिल्लो समय सं्रक्रमितहरु सरकारले सम्पर्कमा कम आउन थालेपछि यो टेस्टलाइ प्राथमिकता दिइएको हो ।

प्रतिक्रिया