Bisal Chautari Logo

कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु

- १४ मंसिर २०७७, आईतवार ०५:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
कैलाली , २०७७ मंसिर १४ आइतवार ।
कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ ।

छतबाट खसेर गम्भीर घाइते भएका ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

प्रतिक्रिया