Bisal Chautari Logo

उदयपुरमा छुट्टाछुट्टै दुर्घटना परी दुईजनाको मृत्यु

- १३ मंसिर २०७७, शनिबार ०५:०४ मा प्रकाशित


विशाल चौतारी समाचार
उदयपुर , २०७७ मंसिर १३ शनिवार ।
 उदयपुरमा शुक्रबार बेलुका भएको छुट्टाछुटै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

त्रियुगा नगरपालिका–१५ हुवासमा स १ त  ५७९७ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोही ठाउँकी १६ वर्षीय हिक्मत नेपालीको मृत्यु भएको छ। बाटो काट्ने क्रममा ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालक फरार छन्।

यस्तै, उदयपुरगढी गाउँपालिका–४ मा भिरबाट लडेर ५३ वर्षीय ज्ञानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) भिम दाहालले जानकारी दिए।

प्रतिक्रिया