
विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १३ शनिवार । नेपाली लेग स्पिनर बलर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ ।
उनले शनिवार बिहान सामाजिक सञ्जाल ट्वीटरबाट यसको जानकारी दिएका हुन् ।
अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले उल्लेख गरेका छन् ।
सन्दीपले ट्वीटमा लेखेका छन्, ‘सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईहरुको प्रार्थनामा मेरा लागि पनि स्वास्थ्य लाभको कामना गरिदनु होला ।’
https://twitter.com/Sandeep25/status/1332418218460266497?s=20
प्रतिक्रिया