Bisal Chautari Logo

क्रिकेट टोली बन्द प्रशिक्षणमा

- १२ मंसिर २०७७, शुक्रबार ०५:१६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १२ शुक्रवार ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली नौ महिनापछि प्रशिक्षणमा फर्किएको छ । बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नौ खेलाडीले प्रशिक्षण सुरु गरेसँगै टोली मैदानमा फर्किएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले सुरुमा २२ र पछि थप ५ गरी कुल २७ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो ।

मंगलबार १६ खेलाडीको पीसीआर परीक्षण हुँदा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरू देखिदा आइसोलेसनमा बसेका छन् । यि तीन खेलाडीको सम्पर्कमा आएका अन्य ६ खेलाडीलाई पनि आइसोलेसनमा राखिएको छ ।

पहिलो दिन प्रशिक्षक जगत् टमटा, फिजियो बिक्रम र फिटनेस ट्रेनर आयश हत्कर टीयू मैदानमा रहेका थिए । पारस खड्का, सोमपाल कामी, विनोद भण्डारी, सुशन भारी, ललितनारायण राजवंशी, पवन सरार्फ, भुवन कार्की, आरिफ शेख र अनिलकुमार शाह अभ्यासमा सहभागी भए ।

सन्दीप जोरा, अभिनाश बोहरा, कमलसिंह ऐरी, राशिद खान, किशोर महतो र कुशल भुर्तेललाई होटलको आइसोलेसनमा रहेका छन् । विक्रम शोब, रित गौतम र करण केसी पनि काठमाडौं आइसकेका छन् । मंगलबार पीसीआर परीक्षणमा शरद भेषावकरसँगै युवा ब्याट्सम्यान कुशल मल्ल, ओपनर सुवास खकुरेल, तीव्र गतिका बलर करण केसी, स्पिनर सन्दीप लामिछाने र अनुभवी स्पिनर वसन्त रेग्मी सहभागी थिएनन् ।

प्रतिक्रिया