Bisal Chautari Logo

गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु 

- १२ मंसिर २०७७, शुक्रबार ०५:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
गुल्मी , २०७७ मंसिर १२ शुक्रवार ।
गुल्मीको इस्मा गाउँपालिका–४ मा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।

इस्माबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बको जीप इस्मा–४ को हुल भन्ने ठाउँमा बिहान साढे ७ बजे भीरबाट खसेको थियो।

५ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा गुल्मी जिल्ला अस्पतालमा मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख, एसपी प्रविणलाल श्रेष्ठले हिमालखबरलाई बताए।

उनका अनुसार दुर्घटनामा इस्मा–४ का ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी, ३३ वर्षीय शिव दर्लामी, ६५ वर्षीय डम्बर हितान, मालिका गाउँपालिका–५ की ८० वर्षिया सुन्दरी थापाको मृत्यु भएको हो। यस्तै, उपचारका क्रममा इस्मा–४ का १९ वर्षीय फर्सुराम थापाको पनि मृत्यु भएको एसपी श्रेष्ठले बताए।

दुर्घटनामा परेर घाइते भएका इस्मा–४ का २८ वर्षीया सरस्वती दर्लामी र जीपका सहचालक २५ वर्षीय कमल हितानको तम्घासमा उपचार भइरहेको छ। जीप चालक बुद्ध बस्नेत भने सकुशल रहेका छन्। चालकलाई प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया