Bisal Chautari Logo

भरतपुर अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

- १२ मंसिर २०७७, शुक्रबार ०५:०३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १२ शुक्रवार ।
भरतपुर अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालले दिएको जानकारी अनुसार भरतपुर महानगरको वडा नम्बर १७ का ७७ बर्षिय पुरुष र मकवानपुरको हेटौडा-१० निवासी ५७ बर्षिय महिलाको शुक्रबार बिहान मृत्यु भएको छ ।

भरतपुरका ७७ बर्षिय पुरुषलाई मङ्सिर ३ गते कोरोना संक्रमण पुष्टि भएकोमा ६ गतेदेखि आइसीयुमा राखेर उपचार भएकोमा शुक्रबार बिहान ५:१५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै हेटौडाकी ५७ बर्षिय महिलाको मङ्सिर ८ गते कोरोना पुष्टि भएकोमा ११ गते अस्पताल भर्ना भएर आइसीयुमा उपचार भएकोमा शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया