Bisal Chautari Logo

थप २३ जनाको मृत्यु,नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १४ सय​ नाघ्यो

- ११ मंसिर २०७७, बिहीबार १०:४३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ११ बिहिवार ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४१२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ४३७ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९ हजार४३५ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

अहिलेसम्म नेपालमा १७ लाख वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६८० रहेको छ ।

प्रतिक्रिया