Bisal Chautari Logo

आज देशभर १६१४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १६७९३

- ११ मंसिर २०७७, बिहीबार १०:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ११ बिहिवार ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

आज देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय १२ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिक्रिया