Bisal Chautari Logo

विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

- १० मंसिर २०७७, बुधबार ०७:५५ मा प्रकाशित


विशाल चौतारी समाचार
विराटनगर , २०७७ मंसिर १० बुधवार ।
 विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित थप दुईजनाको बुधबार बिहान मृत्यु भएको छ । एक वृद्ध पुरुष र एक वृद्धा महिलाको अलगअलग अस्पतालमा मृत्यु भएको हो । धनकुटाका वृद्ध पुरुषको नोबेल शिक्षण अस्पताल र मोरङकी वृद्धा महिलाको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ज्यान गएको हो ।

 

नोबेलमा धनकुटाको धनकुटा नगरपालिका–४ का ८२ वर्षीय वृद्ध पुरुषको बिहान ७ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर ८ गते सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै मोरङको धनपालथान गाउँपालिका–६ की ७० वर्षीया वृद्धा महिलाको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहान ८ बजेतिर मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई उपचारका लागि कात्तिक २६ गते अस्पताल भर्ना गरिएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उपचारकै क्रममा वृद्धको ज्यान गएको उनको भनाइ छ ।

नोबेल अस्पतालमै मंगलबार राति कोरोना संक्रमित सुनसरी धरानकी ५० वर्षीया महिला र रामधुनीका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया