Bisal Chautari Logo

बर्दिबासमा निषेधाज्ञा जारी

- १० मंसिर २०७७, बुधबार ०४:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
महोत्तरी , २०७७ मंसिर १० बुधवार ।
बर्दिबासमा स्थानीय प्रशासनले बुधबार बिहान ९ बजे देखि बिहीबार बिहान ६ बजे सम्मको लागि निषेधाज्ञा जारी गरेकाे छ ।

६ वर्षीया  बालिका गुलाब साह खातुनको हत्याकाे विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका  एक जनाकाे मृत्यु भएपछि सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाे हाे ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिममा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चोकमा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको अवधीभर यस क्षेत्रमा ५ जना भन्दा बढी भेला हुन पाइने छैन।  निषेधाज्ञाकाे अवधिमा राजमार्ग भने सुचारू रहने  प्रमुख जिल्ला अधिकारी कटुवालले बताएका छन् ।

प्रतिक्रिया