Bisal Chautari Logo

थप १ हजार ७९० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

- ९ मंसिर २०७७, मंगलवार १०:४९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ९ मंगलवार ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

हालसम्म भएका संक्रमितमध्ये २ लाख ४ हजार ८५८ जना निको भएका मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार थप २ हजार ७९१ जना निको भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कूल मृतकको संख्या १ हजार ३६१ पुगेको छ ।

प्रतिक्रिया