Bisal Chautari Logo

२४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १,३६१ पुग्यो

- ९ मंसिर २०७७, मंगलवार १०:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ९ मंगलवार ।
  पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २४ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

सोही अवधीमा १ हजार ७९० कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ७९१ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

हालसम्म संक्रमित मध्ये २ लाख ४ हजार ९५८ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया