Bisal Chautari Logo

भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

- ९ मंसिर २०७७, मंगलवार ०९:११ मा प्रकाशित


विशाल चौतारी समाचार
चितवन , २०७७ मंसिर ९ मंगलवार ।
 चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिका-२१ बस्ने ७३ वर्षीय महिला मंगलवार दिउँसोको मृत्यु भएको हो ।

कात्तिक २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी ती महिलामा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

१९ संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल हुँदैं गएपछि सोही दिन उनलाई कोभिड आईसीयूमा राखेर उपचार गरिएको थियो ।

भरतपुर अस्पतालमा मंगलबार बिहान पनि रत्ननगर नगरपालिकाका कोरोना संक्रमित पुरूषको मृत्यु भएको थियो । चितवनमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।

प्रतिक्रिया