Bisal Chautari Logo

कोरोना संक्रमित मन्त्री लामालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

- ९ मंसिर २०७७, मंगलवार ०७:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ९ मंगलवार ।
कोरोना संक्रमणबाट बिरामी परेका बाग्मती प्रदेशका  भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

कोरोना संक्रमण देखिएपछि हेटौंडास्थित  मन्त्री क्वाटरमै आइसोलेसनमा बसेका उनलाई स्वाथ्यमा थप समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको बाग्मती प्रदेशमा एक सांसदले जानकारी दिएका छन् ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा मन्त्री लामाको पिसिआर परीक्षण गरिएको थियो ।  मंसिर ५ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण रहेको पुष्टि भएको थियो।

लामा प्रदेशसभामा चितवन क्षेत्र नम्त्रर १ क बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया