Bisal Chautari Logo

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि

- ८ मंसिर २०७७, सोमबार ०६:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ८ सोमवार ।
गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजमा १५ र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा १५ जनालाई कोरोना पुष्टि भएको हो।

क्षयरोग उपचार केन्द्र पोखरामा कास्की पोखरा महानगरपालिकाका १२, पर्वतका २ र तनहुँ आँबुखैरेनी ३ का १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

चितवन मेडिकल कलेजमा गोरखाका २, तनहुँका १, कास्की १ र नवलपरासी पूर्वका ११ जनामा कोरोना पुष्टि भएको छ।

यो सँगै गण्डकी प्रदेशमा थप ११ हजार ९१ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया