Bisal Chautari Logo

बागलुङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

- ८ मंसिर २०७७, सोमबार ०५:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
बागलुङ , २०७७ मंसिर ८ सोमवार ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा सोमबार बिहान पीक अप जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–६ सुरखुरेमा ग्वालिचौर तर्फ जादै गरेको लु १ द ४३७० नम्बरको पीकअप जीप दुर्घटना हुँदा अन्दाजी २२ वर्षीय टेकमाया रोका र उहाँको एक वर्षको छोराको मृत्यु भएको छ ।

दुर्घटनामा अन्दाजी ६० वर्षिया मन कुमारी रोका घाईते हुनुभएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी चौकीका इन्चार्ज प्रहरी निरिक्षक प्रकाश शिंह भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार जीपमा सामान लोड गर्ने क्रममा अचानक गुडेर जीप दुर्घटना भएको हो । प्रहरी उद्दारका लागि घटनालमा पुगेको छ । चालक रविलाल बुढाले सामान लोड गर्नेक्रममा जीप अचानक गुडेको थियो । चालक सकुसल रहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया