Bisal Chautari Logo

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एकको मृत्यु

- ८ मंसिर २०७७, सोमबार ०५:५१ मा प्रकाशित


विशाल चौतारी समाचार
कञ्चनपुर , २०७७ मंसिर ८ सोमवार ।
कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

बेलौरी नगरपालिका वडा नम्बर ६ काे हात्तीबोझामा आइतबार बेलुकी ८ बजेतिर पचुईबाट बेलौरीतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा साेही ठाउँका २० वर्षीय चालक हेमन्त चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

उनलाई घाइतेपछि उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल लगिएकाे थियो।

राति ९ बजेतिर उनकाे उपचारकाे क्रममा मृत्यु भएको डिएसपी थापाले बताए।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार हात्तीबोझाकै उमेश विष्ट घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया