Bisal Chautari Logo

प्रमोदको ‘यो माया के हो’ मा केकी

- ६ मंसिर २०७७, शनिबार ०९:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ६ शनिवार । लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रामकृष्ण महराको शब्द, मनकुमार ‘शिवराज’को संगीत र नारायण दंगालको संगीत संयोजन रहेको छ ।

वियोगान्तको भिडियो प्रेमकथामा आधारित रहेर निर्माण भएको छ । जसमा अभिनेत्री केकी अधिकारी, दिनेश थापा र मनोज ओलीको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस :

दिपेन बस्नेतको छायाँकन, नविन निरौलाको सम्पादन रहेको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।

BISALCHAUTARI TV

प्रतिक्रिया