Bisal Chautari Logo

कोरोना संक्रमणबाट हानका निर्वतमान अध्यक्ष शाक्यको निधन

- ५ मंसिर २०७७, शुक्रबार ०५:४९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७   मंसिर ५ शुक्रवार । होटल एसोसिएसन नेपाल (हान) का निर्वतमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ । कोरोना संक्रमित ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

शाक्यको ॐ अस्पतालमा निधन भएको हो । दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनिया देखिएको थियो। शाक्य सोल्टीमोडस्थित अमर होटलका सञ्चालक हुन।

प्रतिक्रिया