Bisal Chautari Logo

गुल्मीका एक संक्रमितको उपचारका क्रममा रुपन्देहीमा मृत्यु

- ४ मंसिर २०७७, बिहीबार ०७:३८ मा प्रकाशित


विशाल चौतारी समाचार
गुल्मी , २०७७  मंसिर ४ बिहिवार ।गुल्मीका कोरोना संक्रमितको उपचारको क्रममा रुपन्देहीमा मृत्यु भएको छ।

जिल्लाको सत्यवती गाउँपालिकाका ६२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल रुपन्देहीमा बुधबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए। कात्तिक २३ गते उनमा संक्रमण पुष्टि भएको र उनमा निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ। योसँगै जिल्लामा कोरोना संक्रमणका कारण ११ जनाको ज्यान गइसकेको छ।

 

प्रतिक्रिया