Bisal Chautari Logo

सेती अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

- ४ मंसिर २०७७, बिहीबार ०६:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
धनगढी , २०७७  मंसिर ४ बिहिवार ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बुधबार राति एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार बुधबार बेलुकी भर्ना गरिएका गोदावरी–४ का ७४ वर्षीय पुरुषको राति साढे १२ बजेतिर मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पताल फाइल फोटो

मधुमेहबाट पीडित ती व्यक्तिलाई घरमा एक्कासि श्वासप्रश्वासको समस्या भएपछि अस्पताल ल्याइएको थियो । त्यही क्रममा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

यससँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया