Bisal Chautari Logo

नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

- ३ मंसिर २०७७, बुधबार १०:४३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ३ बुधवार । पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख  १२ हजार ९१७  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त  हुनेकाे संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।
आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया