Bisal Chautari Logo

राष्ट्रपतिद्वारा अध्यादेश जारी

- ३ मंसिर २०७७, बुधबार १०:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ३ बुधवार । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा एक अध्यादेश जारी गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले बुधवार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा सो अध्यादेश जारी गरेको उल्लेख छ ।

प्रतिक्रिया